Skip to main content

क्रिप्टो कारोबारको आरोपमा भारतीयसहित ३ जना पक्राउ परेका छन्

क्रिप्टो करेंसी कारोबारको आरोपमा भारतको पश्चिम बंगालकी प्रवेश खलीसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमध्ये बाँकेको नेपालगञ्जका नरेश रेउल र सर्लाहीकी दिप्ती पोखरेल पनि रहेका छन्। उनीहरूले १५ लाख ३० हजार बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ भने चारवटा मोबाइल फोन पनि बरामद गरिएका छन्।

८ चैत, काठमाडौं। क्रिप्टो करेंसी कारोबारको आरोपमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा भारत पश्चिम बंगालका प्रवेश खली, बाँकेको नेपालगञ्जका नरेश रेउल र सर्लाहीका दिप्ती पोखरेल रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जानकारी छ। उनीहरूले १५ लाख ३० हजार बराबरको क्रिप्टो कारोबार गरेको खुलेको छ भनी अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहरप्रसाद भट्टले बताए। उनीहरूबाट चारवटा मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।