
नेपालले माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। सुजन डंगोल र सुवास बमले एक-एक गोल गर्दा, भुटानका ढेन्डुप ग्याल्सेनले सान्त्वना गोल फर्काएका थिए। खेलको पाँचौं मिनेटमा सुजनले गोल गर्दै नेपालको अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२औं मिनेटमा सुवासले गोल गरी अग्रता दोब्बर पारे। भुटानका ढेन्डुपले ८३औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्किन सकिएन। त्यसपछि कुनै गोल भएन र नेपाल विजयी रह्यो। नेपालले अब बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।






