Skip to main content

आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान

नेपाली टेनिस टोली आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन १२ चैत, काठमाडौंबाट श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ। प्रतियोगिता मार्च २९ देखि अप्रिल १० सम्म हुनेछ र सर्किट १ र २ मा नेपालको सहभागिता रहनेछ। ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा सन्तोष खत्री रहेका छन्। सन्तोष श्रीलंकामै छन्। प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे।