Skip to main content

सीआईबीले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन प्रक्रिया अघि बढायो

तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ। सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धानलाई अघि बढाएको हो। आइतबार कांग्रेस नेता दीपक खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका छन्। १५ चैत, काठमाडौं।

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ। विभागकै पत्राचार अनुसार आइतबार कांग्रेस नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन्। ‘विभागको पत्रअनुसार हामीले उहाँलाई (दीपक खड्का) सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ सीआईबीका एआईजी डा. मनोज केसीले बताएका छन्।

डा. केसीले तीन पूर्वप्रधानमन्त्रीहरूबारे विस्तृत जानकारी दिन चाहेनन्, तर गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले उनीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ। पहिले जेनजिअई आन्दोलनको क्रममा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो। प्रचण्डकी छोरी गंगाको निवास र ओली निवासको घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको थियो। अब त्यही अनुसन्धानलाई थप तीव्रता दिइएको छ।