Skip to main content

ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा काजल श्रेष्ठ उत्कृष्ट महिला रेफ्री घोषित

काजल श्रेष्ठलाई अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्रीको रूपमा सम्मानित गरिएको छ। उनले यस उपलब्धिलाई आफ्नो लागि अत्यन्त विशेष र अर्थपूर्ण अनुभव रहेको बताइन्। काजल नेपालको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन्।

काजल श्रेष्ठले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् र यस च्याम्पियनसिपमा उनको यो सम्मानले नेपालको तेक्वान्दो क्षेत्रमा गर्व बढाएको छ।

७ चैत, काठमाडौं।