Skip to main content

काठमाडौँ महानगरपालिकाले १० वटै वडामा भूमिसम्बन्धी प्रशासनिक सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गर्‍यो

काठमाडौँ महानगरपालिकाले ३२ वडामध्ये १० वडामा भूमिसम्बन्धी प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने फैसला गरेको छ। पहिलो चरणमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा यी सेवा सञ्चालन गर्ने तयारी छ। भूमिको स्वामित्व, रोक्का फुकुवा सिफारिस, कर तथा राजस्व सेवा वडाबाटै उपलब्ध गराइनेछ। १७ चैत, काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार नमूनाका रूपमा १० वटै वडाबाट भूमिसम्बन्धी प्रशासन सेवा सुरु गर्न लागिएको हो। उनले भनिन्, “यसका लागि कामपाले चावहिल, डिल्लीबजार र कलंकीका मालपोत कार्यालयहरूसँग सहकार्य गर्नेछ।” यसअघि चार किल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिइँदै आएकोमा अब वडाबाटै भूमिसम्बन्धी प्रशासन सेवा प्रदान गरिनेछ।

भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का र फुकुवा सिफारिस, कर तथा राजस्व सेवाहरू वडाबाटै प्राप्त हुनेछन्। डंगोलले थपिन्, “नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिने राजस्वको वडा कार्यालयदेखि व्यवस्थापन, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापन पनि वडाबाटै गरिनेछ।”

कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूमिसम्बन्धी प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अहिले यसलाई कार्यान्वयन गर्न लागिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ