Skip to main content

एमाले प्रदर्शनमा ज्येष्ठ नागरिकमाथि हातपात गरेको युवक पक्राउ

१७ चैत, काठमाडौं। सडकमा हिँडिरहेका एक ज्येष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल निवासी आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं रहेका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि विरोधमा उत्रेका एमाले कार्यकर्ताले ती ज्येष्ठ नागरिकमाथि हातपात गरेको बताइएको छ। १५ चैतमा पाटन अस्पतालको गाडी पार्किङ क्षेत्रनजिकै ती नागरिकमाथि हातपात भएको थियो। पक्राउ परेका बजगाईंलाई जिल्ला प्रहरी परिसर ललितपुरले हिरासतमा राखेर अनुसन्धान जारी राखिरहेको छ।