Skip to main content

टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु

टर्कीको मुग्ला तटमा अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जनाको मृत्यु भएको टर्कीको तट–रक्षकले जनाएको छ। बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिव छ बजे दुर्घटनामा परेको थियो। टर्कीको तट–रक्षकले उद्धारका लागि आवश्यक डुङ्गा र पानी जहाजहरू घटनास्थलमा तैनाथ गरेको र बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको उल्लेख गरेको छ।

टर्कीको दक्षिणपश्चिमी प्रान्त मुग्ला तटमा बुधवार अवैध आप्रवासीहरू बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु भएको र अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ। मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट प्रस्थान गरेको डुङ्गा स्थानीय समय अनुसार विहान करिव छ बजे दुर्घटनामा परेको थियो। दुर्घटनाको खबर पाएपछि, टर्कीको तट–रक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवश्यक डुङ्गा र पानी जहाजहरू घटनास्थलमा पठाएको उल्लेख गरिएको छ। अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य लगातार जारी रहेको बताएका छन्।