Skip to main content

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुने देखिन्छ

१९ चैत, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु आंशिक रूपमा सक्रिय छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली छ भने केही स्थानमा सामान्य बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने हुनेछ।