Skip to main content

हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न चाहेको बताएका छन्

१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न चाहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । यस अनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ ।

श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्नेछन् । उनले भने, ‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’