Skip to main content

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २८ जना पक्राउ

समाचार सारांश प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी, झापा, धनुषा, बाँका, कैलाली, काठमाडौं र ललितपुरका नागरिक छन्। केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। १९ चैत, काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ। त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ। त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पनि पक्राउ गरिएको छ। केही अभियुक्तहरूले नगद समेत बरामद भएका छन्। उनीहरू बुधबार पक्राउ परेका हुन्।