Skip to main content

काठमाडौंमा रातभरि सर्च अपरेशनबाट १९५ जना पक्राउ

काठमाडौंमा प्रहरीले गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न १९५ जनालाई रातभरि सर्च अपरेशनमार्फत पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रबाट ती व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२१ चैत, काठमाडौं। काठमाडौंमा प्रहरीले रातभरि सर्च अपरेशन सञ्चालन गरेको छ। गुण्डागर्दी, ठगी, बिचौलिया लगायतका अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रहरीले रातभरि अपरेशन गर्दै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रहरूबाट ती व्यक्तिहरू पक्राउ परेका एसएसपी थापाले जानकारी दिए। ‘ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छेलाई तानामा गर्ने, पूर्व उपयोग गरिसकेका गुण्डा, बिचौलिया लगायत १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले भने। उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान जारी राखिरहेको जनाएको छ।