Skip to main content

काठमाडौंका यी स्थानहरूमा आज ११ बजेदेखि ४ घण्टासम्म बिजुली कटौती गरिने

२१ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानहरूमा आज बिजुली कटौती गर्ने निर्णय गरेको छ। प्राधिकरणले जारी गरेको सूचनामा जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने उद्देश्यले बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न क्षेत्रहरूमा बिजुली कटौती गरिने उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोट मार्गमा रहेको ११ केभी क्षमताका पोलहरू परिवर्तन गर्नका लागि बिजुली काटिनेछ। सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुने जानकारी दिइएको छ। यसले पुर्‍याउने असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थी व्यक्त गरेको छ। -राससबाट