
अमेरिकी सैनिकहरूले इरानी आक्रमणमा खसालिएको युद्धक विमानमा सवार एक जना चालकदल सदस्यको खोजी जारी राखेका छन्। इरानका दुई फरक स्थानमा खसालिएका अमेरिकी युद्धक विमानका चालकदल सदस्यमध्ये एक जनाको उद्धार गरिएको र अर्को पाइलटले विमानबाट सुरक्षा उपकरण प्रयोग गरी बाहिरिएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी र इरानी दुवै पक्षका फौजहरूले हराइरहेका चालकदल सदस्यको खोजी गरिरहेको जानकारी दिएका छन्।
दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानमा सवार अस्त्र प्रणाली अधिकारी हराइरहेको अमेरिकी साझेदार सीबीएसले बीबीसीलाई बताएका छन्। विमानका पाइलटको उद्धार गरिएको छ र अस्त्र अधिकारी हराइरहेको गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्धार प्रयासबारे बोल्न अस्वीकार गरेका छन्, तर यसले इरानसँगको वार्तामा कुनै असर नपर्ने बताएका छन्।
तेहरानले स्थानीय बासिन्दाहरूलाई अमेरिकी लडाकु विमानका चालकदल सदस्यको खोजी गर्न आग्रह गरेको छ। त्यस्तो व्यक्ति फेला पार्नेलाई पुरस्कार दिने घोषणा गरिएको छ। अमेरिकी फौजका ती व्यक्तिलाई जीवित भेट्टाउनेलाई ६६ हजार अमेरिकी डलर (लगभग एक करोड नेपाली रुपैयाँ) पुरस्कार दिने चर्चा गरिएको छ।
इरानी सञ्चारमाध्यमहरूले पर्सियन गल्फमा अर्को अमेरिकी ए-१० वारथग विमानलाई हवाई प्रहर गरेको र चालक विमानबाट अलग भएको बताएका छन्। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मार्च १२ मा पश्चिमी इराकमा अमेरिकाको इन्धन भर्ने विमान अर्को विमानसँग ठोक्किँदा ६ जना मृत्यु भएका थिए।






