Skip to main content

आगामी प्रदेश र स्थानीय तहको चुनावमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगलाई युवाहरूको अनुरोध

२० चैत, काठमाडौं । कर्णालीका युवाहरूले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन्। यसका लागि उनीहरूले निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरी ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा उल्लेख छ कि नेपालभित्र रहेका लाखौँ नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन्। युवा समूहका संयोजक आशिष देवकोटाले समस्या केवल विदेशमा रहेका नेपालीहरूमा मात्र सीमित नभई देशभित्र रहेका नागरिकहरूमा पनि अत्यन्त गम्भीर छ भनी बताए।

उनका अनुसार मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्ला जस्ता दुर्गम जिल्लाका नागरिकहरूले मतदानका लागि काठमाडौं तथा तराईका जिल्लामा जान र आउन प्रति व्यक्तिलाई २५ देखि ३० हजार रुपैयाँ खर्च गर्नु पर्ने भएकोले धेरै नागरिकहरू व्यावहारिक रूपमा मतदान प्रक्रियाबाट बाहिरिने अवस्था देखिएको छ उनले भनि छन्।