Skip to main content

नक्कली नागरिकतासम्बन्धी अभियोगमा बाबुनन चौधरी कलवार पक्राउ

रौतहटका बाबुनन चौधरी कलवारलाई नक्कली नागरिकतासम्बन्धी अपराधमा काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी रौतहट जिल्ला प्रहरी कार्यालयमा पठाएको छ। उनीविरुद्ध गत भदौ २ गते रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। २४ चैत, काठमाडौं। नागरिक सम्बन्धी अपराधमा एक जनालाई पक्राउ गरिएको छ। नक्कली नागरिकताको आरोपमा रौतहटका बाबुनन चौधरी कलवारलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको हो। उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि रौतहट जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। उनीविरुद्ध गत भदौ २ गते रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। फरार रहेका उनलाई मंगलबार पक्राउ गरिएको हो।