Skip to main content

इरानका पूर्व विदेशमन्त्री कमाल खराजीको निधन

इरानका पूर्व विदेशमन्त्री कमाल खराजी अप्रिलको सुरुमा आक्रमणमा घाइते भएका थिए र उपचारको क्रममा निधन भएका छन्। खराजीलाई सुधारवादी नेताका रूपमा चिनिने गरिन्थ्यो र उनी सर्वोच्च नेता अली खामेनेईका सल्लाहकार पनि थिए। समाचारअनुसार, आक्रमणमा उनकी पत्नीको मृत्यु भएको र तेहरानस्थित उनको घरलाई निशाना बनाइएको थियो।

२७ चैत, काठमाडौं। इरानका पूर्व विदेशमन्त्री कमाल खराजीको निधन भएको छ। अप्रिलको सुरुमा घाइते भएका खराजी उपचारकै क्रममा अस्वस्थ भएर निधन भएका हुन्। इरानी सञ्चारमाध्यमहरूले पूर्व विदेशमन्त्री खराजीको निधनको समाचार प्रकाशित गरेका छन्। उनी इरानको राजनीतिक क्षेत्रमा एक सुधारवादी नेताका रूपमा परिचित थिए।

खराजी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’का प्रमुख थिए र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारसमेत थिए। १९९७ देखि २००५ सम्म उनले इरानको विदेशमन्त्रीको भूमिका निर्वाह गरेका थिए। सुधारवादी समर्थक जमरान न्युज वेबसाइटले अप्रिल १ मा खराजी गम्भीर घाइते भएको र अस्पतालमा भर्ना गरिएको जानकारी दिएको थियो। समाचार अनुसार आक्रमणमा उनकी पत्नीको पनि मृत्यु भएकोछ। जमरानले तेहरानस्थित खराजीको घरमाथि गरिएको आक्रमणको पनि दाबी गरेको छ।