Skip to main content

धादिङको ज्वालामुखी पहिलो स्वच्छ पालिका बन्ने, सभामुखले गर्ने घोषणा

२९ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज आफ्नो गृह जिल्ला धादिङतर्फ जाँदैछन्। सभामुख पद सम्हालेपछि यो उहाँको पहिलोपटक आफ्नै गृह जिल्लामा पुग्ने अवसर हो। अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका वासिन्दा हुन्। साथै, उनी गत निर्वाचनमा काठमाडौं-९ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

अहिले अर्याल आफ्नो गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्न धादिङ आइरहेका छन्। आज बराहकाली माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा र स्वच्छ गाउँपालिका घोषणा गरिनेछ। सभामुख अर्याल स्वयं उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएर घोषणा गर्ने कार्यक्रम तय भएको छ।