Skip to main content

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर २५ वर्षीय विनोद दनुवारको निधन भएको छ। दनुवारलाई उपचारका लागि कनकाई नगर अस्पताल र बीएण्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एक वैशाख, झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट एक जनाको निधन भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार, सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए। उनीलाई उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राति निधन भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।