
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ। ३ वैशाख, काठमाडौं। आजको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकहरूमा प्रकाशचन्द्र परियार तथा क्रान्तिशिखा धिताललाई चयन गरेको छ। रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह रहेका छन्।






