
३ वैशाख, हुम्ला । सशस्त्र प्रहरीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका क्षेत्रमा अतिरिक्त जनशक्ति परिचालन गरेको छ। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बीओपी हिल्सा सुरक्षा र निगरानीमा थप सहयोग पुर्याउने उद्देश्यले यो कदम चालिएको हो। नेपाल सरकारको पछिल्लो निर्णयअनुसार, सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म हेड क्वाटरबाट ९ जना नयाँ प्रहरी बल हुम्लामा खटाइएको छ, जसको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर सिंहले दिएका छन्।
सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा सुरक्षा, चोरी र तस्करी नियन्त्रणमा यो थप जनशक्तिले महत्त्वपूर्ण योगदान पुर्याउने डीएसपी सिंहले बताएका छन्। नारा लेकको हिमपात र जोखिम मोल्दै करिब ६ घण्टा पैदल यात्रा गरेर यो नयाँ टोली हिल्सामा पुगेको छ, उनले थपे।






