Skip to main content

रोल्पामा आँगनमा खेल्दा लडेका बालकको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका-६ सानो भुर्तीमा ५ वर्षे बालक शंकर ओली आँगनमा खेल्दा लडेपछि घाइते भएर मृत्यु भएका छन्। शंकरले घरको आँगनमा खरमा खेल्दै गर्दा लडेर चोट पाएका थिए र उनलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी पुर्‍याइएको थियो। स्वास्थ्य चौकीमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। ४ वैशाख, रोल्पा।

रोल्पामा एक बालक लडेर घाइते भएपछि मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-६ सानो भुर्तीका बालाराम ओलीका ५ वर्षे छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको आँगनमा गरेको खरमा खेल्दा उनी लडेर चोट पाएका थिए। खेल्ने क्रममा घाइते भएका शंकरलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी जुगार पुर्‍याइएको थियो। स्वास्थ्य चौकी पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्, जानकारी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीले दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको बताए।