Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मंसिर २ र ३ मा एमालेको राष्ट्रिय कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जोड

Advertisement800×200-1

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेकपा (एमाले) ले संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राखेर मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। कार्की ब्याङ्क्वेटमा हुने भेलामा तीन हजारभन्दा बढी नेता, कार्यकर्ता र जनप्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम छ। उपाध्यक्ष पौडेलले एमाले नेतृत्वका सरकारले गरेका काम र उपलब्धिबारे धारणा राख्नेछन् भने महासचिव पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको तयारी बैठकमा महासचिव पोखरेलले स्थानीय निर्वाचनका लागि नेता–कार्यकर्तामाझ साझा राजनीतिक बुझाइ बनाउनु भेलाको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार भेलामा पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे छलफल हुनेछ। एमाले संगठन विभागका प्रमुख तथा भेला तयारी समितिका संयोजक भानुभक्त ढकालका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ। भेलामा केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र पालिका कमिटीका प्रतिनिधिसहित संघीय तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनसंगठनका प्रतिनिधि सहभागी हुनेछन्। पालिका कमिटीबाट मात्रै एक हजार ५०६ जना सहभागी हुने ढकालले जानकारी दिए।

भेलामा प्रतिनिधिसभा निर्वाचनको परिणाम र त्यसपछि पार्टीभित्र देखिएको निष्क्रियताबारे समीक्षा हुनेछ। गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले तय गरेका कार्यभार पनि छलफलमा राखिनेछन्। आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार गर्ने, कामको नियमित मूल्यांकन गर्ने र युवा तथा महिलाको नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने विषय एमालेको प्राथमिकतामा छन्। स्थानीय निर्वाचनको तयारीअन्तर्गत एमालेले मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरिसकेको छ। वडा र पालिका अधिवेशनपछि प्रदेश अधिवेशन गर्ने तयारी छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर