
भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएका ४९ मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ४२ शव पहिचान गरी परिवारलाई बुझाइएको र ७ शवको डीएनएको प्रक्रियामा रहेको जानकारी दिनुभएको छ। ती ७ शव जलेको अवस्थामा कंकाल बनेका कारण पहिचान गर्न सकिएको छैन। ४ वैशाख, काठमाडौं।
जेनजी आन्दोलनको क्रममा मात्रै काठमाडौंमा ४९ जनाको मृत्यु भएको थियो। तीमध्ये ७ शवको पहिचान अझै हुन सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले ४२ शवको पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइएको र ७ शवको पहिचान हुनु बाँकी रहेको जानकारी दिनुभएको छ। “हामी डीएनएको प्रक्रियामा छौं,” उहाँले भन्नुभयो। ती सातै शव जलेर कंकालमा परिणत भएकाले पहिचान गर्न कठिनाइ भइरहेको छ।






