
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा बहस सम्पन्न भएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो । आज शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका छन् । जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिम बहस गरेका छन् । बहस सकिएकोले आजै निर्णयको सम्भावना रहेको छ ।
गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । त्यसपछि आयोगको सो निर्णयविरुद्ध देउवासहित पूर्व कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।






