Skip to main content

पथलैया–चुरियामाई सडक खण्डमा सडक विभागद्वारा अतिक्रमित संरचना हटाउन अन्तिम सूचना

७ वैशाख, हेटौंडा। सडक विभाग हेटौंडाले पर्साको बीरगञ्ज मुख्य सडक विस्तार कार्य सुरु गरेसँगै पथलैया–चुरियामाई सडक खण्डका अतिक्रमित संरचना हटाउने तयारी गरिरहेको छ। आइतबार ६ असोज बिहानदेखि सडक विभागले त्रिभुवन राजपथअन्तर्गत पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्म सडक चौडाइ विस्तार गर्दैछ, जसको चौडाइ दायाँबायाँ २५–२५ मिटर हुनेछ। यसैक्रममा बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्रभित्र पर्ने हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईसम्म पनि सडक विस्तारको योजना रहेको छ। यो सडक विस्तार प्रायः बीरगञ्जको गण्डकदेखि पथलैयासम्म करिब पूर्ण रूपमा सम्पन्न भइसकेको छ।

सडक विभाग प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार पथलैया–चुरियामाई खण्डभित्र पर्ने २५ मिटर भित्रका सबै घरटहरुलाइ १० वैशाख भित्र हटाउन सूचना जारी गरिएको जानकारी दिए। पटक–पटक सूचना दिइए पनि अतिक्रमण कटौती नभएपछि विभागले तोकिएको मिति भित्र स्थान खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ र नेपालको प्रचलित कानुनअनुसार कानूनी कारबाही अघि बढाउने चेतावनी दिएको छ। सडक विभागले यसअघि १८ पुस ०७३ र ९ असार ०८० मा पनि सूचना जारी गरी महेन्द्रराजमार्गको पथलैयादेखि चुरियामाई ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्रभित्र सडक केन्द्रदेखि दायाँबायाँ २५–२५ मिटर भित्र रहेका घर–टहराहरु हटाउन आग्रह गरिसकेको छ, तर अतिक्रमण अहिले पनि कायम रहेको जानकारी दिएको छ।