Skip to main content

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक जारी

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। कार्यदलले संविधान संशोधन बहसपत्र तयार गरी प्रस्तुत गर्नेछ। १० वैशाख, काठमाडौं। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठन गरिएको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको हो। यस कार्यदलले संविधान संशोधन बहसपत्र तयार गरी पेश गर्नेछ।