Skip to main content

नेपालमा होन्डाको अत्याधुनिक ‘थ्री एस शोरुम’ उद्घाटन

होन्डा नेपालले काठमाडौंको त्रिपुरेश्वरमा पहिलो अत्याधुनिक थ्री एस शोरुम सञ्चालनमा ल्याएको छ। स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले ग्राहकलाई बिक्री, सेवा र स्पेयर पार्ट्स एकै छानामुनि उपलब्ध गराउने बताए। शोरुमले दैनिक १५० वटा मोटरसाइकल सर्भिस गर्ने क्षमता राखेको छ र ग्राहकलाई पारदर्शी सेवा दिने व्यवस्था गरिएको छ। ११ वैशाख, काठमाडौं।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रबारदेखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो। ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेनुइन स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले जानकारी दिए।

‘होन्डाले बिक्रीका लागि मात्रै ध्यान दिँदैन, बिक्रीपछिको सेवालाई प्राथमिकता दिन्छ, आफ्ना ग्राहकलाई राम्रो सेवा कसरी पुर्‍याउने भन्ने क्रममा अहिले विश्वव्यापी रूपमा होन्डाले एउटा अवधारणा विकास गरेको छ,’ उनले भने। शोरुमको मुख्य विशेषता भनेको यहाँ आउने ग्राहकले सर्भिस सेन्टर पनि सहजै देखिने गरी पारदर्शी र सफा, छिटोछरितो हुनुपर्छ भन्ने मान्यतासाथ अघि बढेको उनका भनाइ छ।

नयाँ शोरुम उद्घाटनमा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होन्डा मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजनका विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजनका प्रतिनिधि पीआइसी कोजिरो कामिया नेपाल आएका थिए। उनीहरूले संयुक्त रूपमा शोरुम उद्घाटन गरे।