
११ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार गरी सुझावका लागि सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरोकारवालाहरूको सुझाव र प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक गरिएको जानकारी दिइन्। ‘मस्यौदामा प्राप्त सुझाव र प्रतिक्रिया समेटेर विधेयकलाई परिमार्जन गरी मन्त्रिपरिषदमा पेश गरिनेछ,’ उनले भनिन्, ‘यसपछि विधेयक संघीय संसद सचिवालयमा पेश गरिने योजना छ।’ विधेयकको पूर्णपाठ यहाँबाट हेर्नुहोस्–






