
१३ वैशाख, काठमाडौं । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ईभी (विद्युत्) माइक्रोबस धादिङमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं लैजाने काम भइरहेको छ भनी जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ आदमघाट नजिकै दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ।






