Skip to main content

नेपाली कांग्रेसले कान्छाराम तामाङलाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गर्ने निर्णय गर्‍यो

नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ। पार्टीको अनुशासन समितिको बुधबारको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर काम गर्न नदिने गरी निलम्बन गर्ने निर्णय गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यस निर्णयको जानकारी दिएका छन्। १६ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ। अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर काम गर्न नपाउने निर्णय गरेको हो। उनी हालसम्म पार्टीको रामेछाप जिल्ला सभापति हुनुहुन्थ्यो।