आख्यानकार शरण राईलाई भोजपुर प्रतिभा सम्मान तथा तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले आख्यानकार शरण राईलाई भोजपुर प्रतिभा सम्मान र लोक गायक तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गरेको छ। धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा आयोजित समारोहमा राईलाई नगद १५ हजार र गन्धर्वलाई नगद ३५ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला प्रदान गरिएको छ।
समारोहमा वरिष्ठ साहित्यकार बम देवान र प्रतिष्ठान अध्यक्ष काङ्माङ नरेशले राई र गन्धर्वलाई सम्मान पत्र प्रदान गरेका थिए। १८ वैशाखमा सुनसरीमा भएको यस समारोहमा, राईका आधा दर्जन आख्यान र लघुकथा सङ्ग्रहहरु प्रकाशन भइसकेका छन् भने सारङ्गीवादक गन्धर्वका तीन दर्जन लोक भाकाका गीतहरू रेकर्डिङ भइसकेका छन्।






