
काठमाडौंका विभिन्न स्थानहरूबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान, गोली ६ राउन्ड र ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई हातहतियार र लागुऔषधसहित पक्राउ गरेको छ र आवश्यक अनुसन्धान गरिरहेको छ। १८ वैशाख, काठमाडौं। पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्। काठमाडौंका विभिन्न स्थानहरूबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, एसएलआर हतियारको गोली २ राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुवास शाही रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






