राष्ट्रपतिको हस्ताक्षरमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश-२०८३ जारी गरेका छन्। १८ वैशाख, काठमाडौं। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश जारी गरिएको हो। सरकारले हालसम्म विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाइसकेको छ। त्यसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेशहरू जारी भइसकेका छन्। अन्य अध्यादेशहरू अझै अध्ययनको क्रममा रहेको बताइएको छ। संविधान परिषद् लगायतका केही अध्यादेशबारे राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग छलफल समेत गरेका थिए।






