
नेपाल एथ्लेटिक्स संघले राखेपमा नवीकरण सकिएको जानकारी गरायाे
२१ वैशाख, काठमाडौं। नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आफ्नो नवीकरण प्रक्रिया पूरा भइसकेको जानकारी सार्वजनिक गरेको छ। सोमबार प्रकाशित समाचारमा ‘नवीकरण नभई चलेका तीन दर्जन खेल संघ’ शीर्षकमा एथ्लेटिक्स संघको नाम उल्लेख गरिएको थियो। राखेपले उपलब्ध गराएको नवीकरण नभएको सूचीमा एथ्लेटिक्स संघको समेत समावेशीता थियो। तर, एथ्लेटिक्स संघका सचिव आरके विष्टले संघको नवीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको स्पष्ट पारेका छन्।