
२१ वैशाख, काठमाडौं। नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आफ्नो नवीकरण प्रक्रिया पुरा भइसकेको जानकारी दिएको छ। सोमबार प्रकाशित समाचारमा ‘नवीकरण नभई चलेका तीन दर्जन खेल संघ’ शीर्षक अन्तर्गत एथ्लेटिक्स संघको नाम पनि समावेश गरिएको थियो। राखेपले उपलब्ध गराएको नवीकरण नभएको सूचीमा एथ्लेटिक्स संघको उल्लेख थियो। तर, एथ्लेटिक्स संघका सचिव आरके विष्टले संघको नवीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको भनाइ दिएका छन्।






