
सरकारले चालु आरोहण सिजनमा सगरमाथाबाट १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन गरेको छ। यस वर्ष २९ हिमालमा १ हजार ७२ आरोहीले अनुमति लिएका छन् र सरकारले कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ। सगरमाथा आरोहणमा ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति पाए, जसमा चीन र अमेरिकाबाट सबैभन्दा धेरै आरोही आएका छन्। २३ वैशाख, काठमाडौं।
पर्यटन विभागका अनुसार, मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको छ। सरकारले यस वर्ष शरद ऋतुदेखि रोयल्टी शुल्क वृद्धि गरेको हुँदा त्यसले संकलनमा बृद्दि भएको हो।
यस वर्ष २९ हिमालमा १ सय २७ समूहका १ हजार ७२ आरोहीले आरोहण अनुमति लिएका छन्। ती हिमालबाट सरकारले कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको पर्यटन विभागले जनाएको छ। सगरमाथापछि ल्होत्सेमा ९ समूहका १ सय ११ आरोही, अमादब्लममा ९ समूहका १ सय ४ आरोहीले अनुमति लिएका छन्। यस वर्ष नेपालको ७९ मुलुकका आरोही हिमाल चढ्न आएका तथ्यांकले पुष्टि गरेको छ। ती मध्ये सबैभन्दा धेरै चीनबाट १ सय ३९ र अमेरिकाबाट १ सय ३२ आरोही छन्। बेलायतबाट ७२ र रुसबाट ६६ आरोहीले अनुमति लिएका छन्। सगरमाथाका लागि मात्र ५५ मुलुकका आरोहीले अनुमति लिएका छन्, जसमा चीनका १ सय, अमेरिकी ६७ र भारतीय ५८ आरोही रहेका छन्।






