कानुन मन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलको भेटवार्ता

२३ वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलसँग भेटवार्ता गरेकी छिन्। कानुन मन्त्री गौतमलाई भेट्न राजदूत कोर्टेबल बुधबार दिउँसो मन्त्रालय पुगेकी थिइन्। सो क्रममा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई बधाइ तथा शुभकामना व्यक्त गरिन्। साथै, मन्त्रालयसँग सहकार्य गर्न सकिने विविध विषयमा पनि व्यापक छलफल भएको मन्त्री गौतमले जनाइन्।






