Skip to main content
कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूतको भेटवार्ता

कानुन मन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलको भेट

२३ वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलसँग भेटवार्ता गरेकी छिन्। कानुन मन्त्री गौतमलाई भेट्न राजदूत कोर्टेबल बुधबार दिउँसो मन्त्रालय पुगेकी थिइन्। सो क्रममा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई बधाइ तथा शुभकामना व्यहोरिन्। साथै, मन्त्रालयसँग सहकार्य गर्न सकिने विभिन्न विषयमा पनि व्यापक छलफल भएको मन्त्री गौतमले जनाइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ