Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरियो

Advertisement800×200-1

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ, नभए कानुन बमोजिम असुली गरिने जनाएको छ। समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम क्रमशः सार्वजनिक गर्ने र ऋणीहरूलाई ऋण तिर्न आग्रह गरेको छ। २३ वैशाख, काठमाडौं।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ। साथै अन्य ऋणीहरूको नामावली पनि क्रमशः प्रकाशित गरिने भएकाले ती ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ।

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर