
२४ वैशाख, काठमाडौं । सांसदहरूलाई अन्य नागरिकहरूबाट फरक गरी प्रतिनिधिसभा नियमावली बनाउन लागिएको खबरले राजनीतिक क्षेत्रमा ठूलो हल्ला मच्चाएको छ। सत्तारुढ दल रास्वपाको चाहना अनुसार प्रस्तुत गरिने प्रतिनिधिसभा नियमावलीको यो नयाँ प्रावधानलाई लिएर विपक्षी दलहरूले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। प्रतिनिधिसभा नियमावलीको नियम २५९ ले भन्छ, ‘प्रचलित कानुनमा जे लेखिएको भए पनि सभा, समिति…






