Skip to main content

गढवामा पहिलोपटक भेटियो विषालु राज गोमन सर्प

विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन गढवामा पहिलो पटक भेटिएको छ। गढवा गाउँपालिका–७ लक्षिनपुर निवासी सुशीलाको घरमा उक्त सर्प फेला परेको हो। सर्प उद्धारकर्ता शिवु खनालले बुधबार राति ८ बजे उक्त घरबाट सर्प उद्धार गरेका थिए। सर्प भेटिएपछि डिभिजन वन कार्यालय देउखुरीलाई खबर गरिएको थियो।

त्यसपछि सर्प उद्धारकर्मी खनालको नेतृत्वमा दुईजना वनकर्मी घटनास्थल पुग्न पुगे। एक घण्टाको प्रयासपछि सर्पलाई जीवितै नियन्त्रणमा लिएको खनालले जानकारी दिएका छन्। उद्धारपछि सर्पलाई लमही नगरपालिका–५ अजम्मरी सामुदायिक वनमा लगेर छाडिएको छ। उद्धारकर्ता खनालका अनुसार सर्पको तौल करिव ८ किलो र लम्बाई १० फिट थियो।