
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटको टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका जिमीको साथबाट प्रहरीले मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरेको छ। २५ वैशाखको यस घटनामा जिमीलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा गिरफ्तार गरिएको छ।






