Skip to main content

उपभोक्ता ठग्ने तीन पसललाई जरिवाना, २० लाई सामान्य निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका २३ पसल तथा फर्ममाथि अनुगमन गरी तीनलाई जरिवाना तिराएको छ। काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित सिइजलाई १० हजार जरिवाना गरिएको छ भने काठमाडौं–३२ सहयोगीमार्गस्थित सत साहेब कस्मेटिक स्टोर र काठमाडौं–१० बानेश्वरको चाँद ब्युटी कलेक्सन सेन्टरलाई जनही १० हजार जरिवाना तिराइएको छ।

ललितपुर सादोबाटोस्थित लाइफ स्टाइल एपेरियल्स प्राइभेट लिमिटेडलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। २५ वैशाख, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुनविपरीत काम गरेको पाएपछि तीन वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ।

विभागले शुक्रबार काठमाडौं र ललितपुरका गरी २३ वटा पसल तथा फर्ममाथि अनुगमन गरेकोमा तीनलाई नगद जरिवाना तिराइएको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका–३१ शंखमुलमा रहेको सिइजलाई १० हजार जरिवाना गरिएको छ। यसैगरी, काठमाडौं–३२ सहयोगीमार्गस्थित सत साहेब कस्मेटिक स्टोर र काठमाडौं–१०, बानेश्वरमा रहेको चाँद ब्युटी कलेक्सन सेन्टरलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको छ।

साथै, विभागले ललितपुरको सादोबाटोस्थित लाइफ स्टाइल एपेरियल्स प्राइभेट लिमिटेडलाई भने व्यवसायसँग सम्बन्धित दर्ता, इजाजत, करचुक्ता, खरिद बिक्री बिलजस्ता कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अन्य २० वटा पसल तथा फर्महरूलाई सामान्य निर्देशन दिइएको छ। जसमा मार्ट, सप्लायर्स, कस्मेटिक पसल, किराना स्टोर र ट्रेडिङ कम्पनीहरू रहेका छन्।