Skip to main content

मौसम परिवर्तनले हुने एलर्जीबाट जोगिन ९ उपाय

विश्वभर करिब ४० करोड मानिस ‘एलर्जिक राइनाइटिस’ बाट पीडित छन् र नेपालमा पनि यो समस्या देखिन्छ। यो यस्तो अवस्था हो, जसमा हावामा रहेका एलर्जी गराउने तत्व जस्तै परागकण (पोलन) ले नाकको मार्गलाई प्रभावित गर्छ। जब यो समस्या विशेषगरी वसन्त र वर्षायाममा देखिन्छ, यसलाई ‘हे फिभर’ भनिन्छ। उत्तर अमेरिकामा यसलाई मौसमी एलर्जी पनि भनिन्छ, किनकि यसको लक्षण विभिन्न प्रकारका परागकण वा अन्य एलर्जी गराउने तत्वका कारण हुन सक्छन्। हे फिभरका बिरामीको संख्या र यसको गम्भीरता लगातार बढिरहेको देखिन्छ। यसको एउटा प्रमुख कारण जलवायु परिवर्तनलाई मानिएको छ। मौसम बदलिने बेला हावा, तापक्रम र वातावरणमा परिवर्तन हुने भएकाले एलर्जी बढ्न सक्छ। विशेषगरी वसन्त र शरद ऋतुमा फूलका परागकण, धुलो, र प्रदूषण हावामा बढी फैलिन्छन्। यिनै तत्व नाक, आँखा वा श्वासप्रश्वासमार्फत शरीरमा पुग्दा प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया जनाउँछ, जसलाई एलर्जी भनिन्छ। यसले हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने, आँखा चिलाउने, घाँटी खसखस हुने वा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ। कमजोर प्रतिरक्षा प्रणाली, धुलो, धुवाँ र चिसोतातोको असरले पनि एलर्जी बढ्ने सम्भावना हुन्छ।

राम्रो कुरा के भने, अब तपाईंले यो समस्या चुपचाप सहिरहनु पर्दैन। पछिल्ला केही वर्षमा ‘हे फिभर’ को उपचारका लागि नयाँ र पहिलेभन्दा प्रभावकारी औषधिहरू उपलब्ध भएका छन्। साथै, अध्ययनहरुले यी औषधिहरू सही समय र तरिकाले कसरी प्रयोग गर्ने भन्नेबारे पनि स्पष्ट जानकारी दिएका छन्। १. औषधिभन्दा ‘नेजल स्प्रे’ बढी प्रभावकारी हुन्छ। हल्का हाच्छ्युँ वा एलर्जीका लक्षण सुरु हुनेबित्तिकै धेरै मानिस क्ल्यारिटिन वा बेनाड्रिलजस्ता खाने औषधि प्रयोग गर्छन्। तर यी औषधि नेजल स्प्रे जत्तिकै प्रभावकारी हुँदैनन्। यी औषधि पहिले पाचन प्रणालीमा जान्छन् र त्यसपछि शरीरभर फैलिन्छन्। यसले गर्दा नाकसम्म पुग्ने औषधिको मात्रा कम हुन्छ, जबकि वास्तविक आवश्यकता त्यहीँ हुन्छ। तर नेजल स्प्रे सिधै नाकमा प्रयोग गरिन्छ र तुरुन्त असर देखाउँछ। यसले नाकको भित्रीमा भागमा हुने सुन्निने समस्या कम गर्ने कारणमा सिधै काम गर्छ, जसले नाक बन्द हुने, हाच्छ्युँ आउने र अन्य लक्षणमा राम्रो राहत दिन्छ। त्यसैले, अहिले बालबालिका र वयस्क दुवैका लागि नेजल स्प्रेलाई पहिलो उपचारको रूपमा सिफारिस गरिन्छ। २. नाक खोल्ने स्प्रे (डिकन्जेस्टेन्ट) बाट सावधान। सबै नेजल स्प्रे एउटै प्रकारका हुँदैनन्। धेरै मानिस बन्द नाक खोल्न डिकन्जेस्टेन्ट स्प्रे प्रयोग गर्छन्, तर यसले समस्या झन् बढाउन सक्छ। अक्सिमेटाजोलिन, फिनाइलएफ्रिन वा जाइ मेटाजोलिन भएका स्प्रेहरूले नाक सुन्निएको कम गरेर काम गर्छन्। यी औषधिले रक्तनलीहरू खुम्च्याउँछन्, जसले गर्दा नाकभित्रको सुन्निएको भाग सानो हुन्छ र सास फेर्न सजिलो हुन्छ। तर यदि यस्ता स्प्रे पाँच दिनभन्दा बढी प्रयोग गरियो भने, शरीर त्यसमा निर्भर हुन थाल्छ। ३. ‘एन्टिहिस्टामिन’ औषधि लिँदा नयाँ पुस्ताको औषधि रोज्नुहोस्। औषधि नखाइ हुँदैन वा बानी छ भने नयाँ पुस्ताका औषधि खान सकिन्छ, जस्तो कि सेटिरिजिन, लोराटाडिन वा फेक्सोफेनाडिन। ४. एलर्जी सुरु हुनुअघि नै उपचार सुरु गर्नु उचित। धेरै मानिस लक्षण देखिएपछि मात्र औषधि सुरु गर्छन्, तर यो सही तरिका होइन। ५. लक्षण नभए पनि औषधि नियमित लिने। ६. नेजल स्प्रे सही तरिकाले प्रयोग गर्ने। ७. आई ड्रप सही तरिकाले हाल्ने। ८. एलर्जी बढाउने कारणबाट टाढा रहने। ९. समस्या रहिरहे चिकित्सकसँग सम्पर्क गर्न ढिला नगर्ने।