
पोखरामा २२ वैशाखको राति करिब साढे ९ बजे बाग्लुङ बसपार्क क्षेत्रमा ग्याङबीच झडप भएको थियो। सो झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखराका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुन रहेका छन्।
तपाईंले देख्नुभएको झडपको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि प्रहरीले ती व्यक्तिहरूलाई खोजी गरी पक्राउ गरेको हो। कास्कीका डीएसपी हरि बस्नेतले झडपको मुख्य कारण लागुऔषध रहेको बताएका छन्।






