
२०७९ सालको चुनावमा काठमाडौँको मेयर बनेपछि बालेनले युवा माझ राजनीतिप्रति चासो जगाउन महत्वपूर्ण भूमिका निभाए। पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा बालेनलाई संख्यामा अत्यधिक गर्व नगर्न र विश्वास तथा सहकार्यलाई प्राथमिकता दिन सुझाव दिए। प्रधानमन्त्री बालेनले संसदीय मर्यादा तथा संवादको अभावले युवाहरूमा निराशा बढेको र लोकतन्त्रमा संवाद अपरिहार्य भएको बताएका छन्। नेपाली राजनीतिले लामो समयदेखि युवाहरूलाई देशबाँझिएका छन्। राजनीतिमा भ्रष्टाचार र बिग्रँदै गएको प्रथाले उद्यम र रोजगारीको अभाव सिर्जना गर्यो। यसले रोजगारीको खोजीमा विदेशिने युवाहरूको सङ्ख्या बढाउन पुगेको छ भने, २०४८/५० सालदेखिको कांग्रेस–कम्युनिस्ट द्वन्द्वले राजनीतिप्रति चरम वितृष्णा बढाएको छ।
त्यसले एउटा यस्तो मनोविज्ञान जन्मायो जसले पार्टी सदस्यता नलिन र राजनीतिलाई फोहोर खेल ठान्न थाल्यो। यसले नयाँ पुस्ताको राजनीतिमा प्रवेशलाई मृतप्रायः बनाइदियो। राजनीतिक नर्सरीमा विरुवा भन्दा झार धेरै हुर्किए। पहिलो पुस्ता इतिहासको ब्याज भोग्दै सत्ता लोभमा चुर्लुम्म डुब्यो। दोस्रो पुस्ताले पहिलाको आलोचना गर्दै आफू झार हुने अभिप्राय राख्यो। प्रश्न मरे, विद्रोहको चुतुवा आइरह्यो। तेस्रो पुस्ता पनि दोस्रो पुस्ताको पछिल्लो पङ्क्तिमा सीमित रह्यो। यही पृष्ठभूमिमा जेनजीले विद्रोहको नेतृत्व गर्नुपर्यो। त्यहीँ अवसरको खोजिमा नयाँ पार्टीका नेताहरूले नयाँ खालको लङ्गुरबुर्ज चित्र बनाए। त्यही खालमा भाग्यमानी बने बालेन।
बालेनले पृष्ठभूमिमा केही काम र तयारी गरिरहेका थिए। २०७९ सालको चुनावमा काठमाडौँको मेयर बनेर उनले एउटा अभूतपूर्व लहर ल्याए। ‘मलाई राजनीतिप्रति चासो छैन’ भन्दागर्दा पनि युवाहरूले राजनीतिक विषयमा गहिरो चासो र प्रश्न गर्न थाले। समग्र नेपाली राजनीतिलाई अगाडि बढाउनु र युवालाई व्यवस्थाप्रतिको आशावादी बनाउन उनको योगदान कम थिएन। भदौ महिनामा विश्वव्यापी रूपमा मिडियामा नेपालको राजनीतिक विवेचना भएपछि थप एक आयाम थपियो। परम्परागत बाटोभन्दा बिल्कुलै फरक पृष्ठभूमिबाट आएका व्यक्ति पनि सिधै सत्ताको नेतृत्वमा पुग्न सक्ने सन्देश विश्वभर फैलियो। यसले नेपाल बाहिर पनि प्रभाव पार्यो। भदौयतादेखि विश्वव्यापी मिडियामा नेपालको राजनीतिलाई व्यापक प्रचार-प्रसार गरियो। मुख्य सन्देश थियो: ‘गैरपरम्परागत मार्गबाट आएका व्यक्ति पनि मेयर वा प्रधानमन्त्री बन्न सक्छन्।’
डोनाल्ड ट्रम्प, शी जिनपिङ, नरेन्द्र मोदी, भ्लादिमिर पुटिनजस्ता ‘स्ट्रङ म्यान’हरुको दशकमा यो एउटा पूर्ण भिन्न प्रकारको लोकतान्त्रिक परिवर्तन थियो। यसले बालेनलाई सामान्य प्रधानमन्त्री मात्र नभई युग परिवर्तन गर्ने नेताको रूपमा अघि बढ्ने अवसर दिएको छ। तर, सत्ता सम्हालेपछि बालेनका गतिविधिहरू हेर्दा यस्तो लाग्छ कि उनी युग परिवर्तनका नेता नभएर संख्याको गर्वले भरिएका शासक बन्ने बाटोमा छन्। मंगलबार संसदमै उभिएर पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका त्रुटिहरू स्वीकार्दै बालेनलाई दिएको सुझाव मननीय लाग्छ। उनले भने, ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। संख्याको गर्वमा अहंकार नबन्नु होस्, हामीबाट सिक्नु होस्।’






