
नेपाली कांग्रेसले केन्द्रीय लेखा समिति सदस्यहरूमा दिलिप ढुंगाना, रमेश नेपाल र पदम भट्टराईलाई मनोनीत गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधान २०१७ को धारा ३८ को उपधारा (१) अनुसार तीन जना विषय विशेषज्ञहरू मनोनीत गरेको जानकारी दिएका छन्।
कांग्रेसले भरतकुमार शाहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरेको छ। मनोनीत हुने सदस्यहरूमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) रहेका छन्। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यसबारे जानकारी दिएका छन्।

