Skip to main content

कांग्रेसको वृहत्तर एकताको लागि १० सूत्रहरू सार्वजनिक

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला आइतबार सम्पन्न भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ शीर्षकमा आयोजित भेलाले १० बुँदे धारणा सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक गरिएको १० बुँदे धारणा ‘वृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ नाम दिइएको छ ।

जसको पहिलो बुँदामा १५ औं महाधिवेशनलाई एकताको महाधिवেশন बनाउनुपर्ने, सभापति गगन थापाले तत्काल पार्टीका शीर्ष नेता र पूर्वपदाधिकारीसँग सघन संवाद गर्नुपर्ने, विगतमा नवीकरण भइसकेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागिता सुनिश्चित गर्नुपर्ने विषयहरू समावेश छन् ।

दोश्रो बुँदामा केन्द्रीय अनुशासन समितिका नाममा गरिएका कारबाही र सोधिएका स्पष्टीकरण फिर्ता लिन आग्रह गरिएको छ । तेश्रो बुँदामा ‘कदमजम’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्दै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको उपस्थिति सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

अन्य बुँदाहरूमा राष्ट्रिय राजनीतिका घटनाक्रम र जेनजी आन्दोलनका विषयहरूमा समेत जोड दिइएको छ । १० सूत्रको पूर्णपाठ यस प्रकार छ :