Skip to main content

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले १२ उपसमितिहरू गठन गर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले १२ उपसमितिहरू गठन गरेको छ। यी उपसमितिहरू भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, सूचना प्रविधि, निर्वाचन सुधार लगायत विभिन्न विषयमा कार्य गर्नेछन्। प्रतिष्ठानले आचारसंहिता निर्माणका लागि मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ। ४ जेठ, काठमाडौं।

प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले चार फरक विषयमा छलफल गरी उपसमितिहरू गठन गरेको हो। बैठकले प्रतिष्ठानका सदस्यहरूमध्ये १२ जना सदस्यलाई पहिलो चरणमा उपसमितिहरूको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले दिए।

उपसमितिहरू र तिनका संयोजकहरू यसप्रकार रहेका छन्:
१) भूमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजन — डा. गोपाल दहित
२) विपद् व्यवस्थापन उपसमिति, संयोजन — मानबहादुर थापा
३) मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन — मोहना अन्सारी
४) सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन — ई. दिपेश विष्ट
५) निर्वाचन प्रणाली सुधार: अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन — जनक चटौत
६) पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन — ई. अमृत ज्ञवाली
७) उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन — खगेन्द्र आचार्य
८) शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन — डा. कृष्णप्रसाद पौडेल
९) बीपी ज्ञान केन्द्र उपसमिति, संयोजन – प्रकाश लामिछाने
१०) जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन — एलिजा ढकाल
११) डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन — प्रकृति भट्टराई
१२) ‘ग्रीन टेबल’ उपसमिति, संयोजन — कञ्चन झा

उपसमितिहरूले आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्ने बताइएको छ। साथै, प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गर्न मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको बैठकले जनाएको छ।